Sudurpaschim Province Government

Ministry of Land Management, Agriculture and Cooperatives

Directorate of Livestock and Fisheries Development

Veterinary Hospital and Animal Services Expert Center

Bajura

Introduction

कृषि प्रधान देश नेपालका ६५.६% जनताहरु कृषि पेशामै निर्भर रहेकाले कृषि पेशालाई आयमूलक, व्यवसायमूलक र उत्पादनमुखी बनाउन कृषि प्रणालीको पुरक अंशको रुपमा रहेको पशुपालन व्यवसायलाई उच्च प्राथमिकता दिनु अपरिहार्यता रहेको छ । यसका लागि नेपालको कूल क्षेत्रफलको १२ प्रतिशत भू-भाग चरन क्षेत्रले ओगटेको९ःइब्ऋद्दण्ण्ण्० अवस्थामा नेपालको पशुपालन क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउन सके अवश्यमेव कृषि अर्थतन्त्रमा सहयोग पुग्ने देखिन्छ । देशको सन्तुलित विकासक्रममा पशुधनको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले २०३६ सालमा यस जिल्लामा पशु चिकित्सालयको नामबाट र पशु विकास तथा पशु स्वास्थ्य विभागको अलग्गै स्थापना भए पश्चात यस संस्थाको नाम आ.व. २०३९।४० मा पशु चिकित्सालय नै हुन गयो र आ.व. २०४२।४३ मा पशु विकास तथा पशु स्वास्थ्य शाखाको रुपमा र आ.व. २०४७।४८ मा जिल्ला  पशु सेवा शाखाको रुपमा पशु सेवा सम्बन्धि कार्य गर्दै आएको यस कार्यालयलाई आ.व. २०४९।५० देखि २०५१।५२ सम्म एउटै छातामुनीको अवधारणा लागू गरि कृषि तथा पशु सेवा विभागको एकिकरण पश्चात जिल्ला कृषि विकास कार्यालय अन्तर्गत पशु सेवा शाखाको रुपमा रही सेवा गर्दै आइरहेको अवस्थामा सेवामा विविधताका कारण एकिकृत कार्यक्रम संचालनमा कठिनाई आएकोले  आ.व. २०५२।५३ मा पुनः कृषि विभागबाट पशु सेवा विभाग अलग्गै अस्तित्वमा आए पश्चात पशु सेवा विभाग अन्तर्गत जिल्ला पशु सेवा कार्यालयको नामबाट पशु सेवा प्रसार एवं पशु स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्दै गाउँघर सम्म सर्वसुलभ सेवा प्रदान गर्न प्रयत्न भै रहेको छ । यसका साथै कृषकहरुलाई उन्नत प्रविधि हस्तान्तरण एंव समूहगतरुपमा पशुसेवा कार्यक्रम संचालन गर्न र आयआर्जन कार्यक्रम संचालन गर्न विषयगत पशुपालन
समूह÷समिति, पकेट÷प्याकेज कार्यक्रमहरु संचालन गरि समूह हितकोष परिचालनमा सहयोग गरि आयआर्जनमा सघाउ पु¥याउँदै आएकोमा देशको राजनैतिक परिवर्तनसंगै देश संघियतामा समाहित भै नेपालको संविधान २०७२ कार्यान्वयन र २०७४ सालको ३ तहको निर्वाचन पश्चात संविधानले तोकेको तीनै तह संघ, प्रदेश र स्थानीय सरकारहरुको आ आफ्नो जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न सुदूरपश्चिम प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत बाजुरा र अछाम कार्यक्षेत्र रहने गरी २०७५ साल श्रावणदेखि  बाजुरा जिल्लाको मार्तडीमा तत्कालीन जिल्ला पशु सेवा कार्यालय रहेको स्थानमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना भएको हो । बाजुराबाट अछाम जिल्ला समेत कार्यक्षेत्र रहदा सेवा प्रवाहमा कठिनाई महशुस भएको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ९ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु स्थापना गर्ने नीति लिए पश्चात यस विज्ञ केन्द्रको कार्यक्षेत्र बाजुरा मात्र कायम हुन आएकोछ