सुदूरपश्चिम प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

बाजुरा

कार्यालयको उद्देश्य

नेपालको पन्ध्रौं पञ्चवर्षीय योजना तथा कृषि नीति रणनीति  (Agriculture Development Strategy) अनुरुप पशुपन्छीपालन तथा मत्स्य व्यवसायलाई व्यवसायिकरण, आयमूलक, रोजगारमूलक तथा सम्मानित पेशाको रुपमा विकास गरि राष्ट्रिय उत्पादनमा योगदान पु¥याउने मूल मन्त्रलाई  मध्यनजर राख्दै पशु सेवा प्रसारका कार्यक्रमका उद्देश्यहरु निम्नानुसार निर्धारण गरिएका छन्।


(क) वैज्ञानिक कार्यतालिका अनुसार समयमै पशु खोप, परजीवी नियन्त्रण, रोग नियन्त्रण, उपचार आदि कार्य गरि पशु स्वास्थ्यको सम्वद्र्धन गर्ने

(ख) हावापानी सुहाउँदो पशुपंक्षीहरुको वंशानुगत गुण सुधार गर्न उन्नत नश्लका भाले तथा पशु पंक्षीशरु वितरण गर्ने तथा स्थानिय नश्लका उच्च (Phenotypic Character) भएका पशु पंक्षीहरुको संरक्षण गरि पशुजन्य पदार्थको उत्पादनमा वृद्धि ल्याई दूध, मासु, फूल, ऊनमा आत्ननिर्भर बनाउने ।

(ग) ग्रामिण क्षेत्रका कृषकलाई पशुपंक्षी पालन क्षेत्रमा सक्रिय सहभागी गराउन पशुपालन कृषक समूह/समिति गठन कार्यक्रमलाई संचालन गर्दै जाने ।

(घ) जिल्लाका विभिन्न ठाउँमा सम्भाव्यताका आधारमा पकेट क्षेत्र छनौट गरि पकेट प्याकेज कार्यक्रमलाई संचालन गर्दै लैजाने । 

(ङ) पशुजन्य पदार्थको विक्रि वितरणका लागि समुचित बजार व्यवस्थापन गर्ने ।

(च) पशु आहाराको विकासमा तिव्रता ल्याउन विभिन्न कृषक समूहहरुलाई सक्रिय बनाई हिउँदे घाँस, डालेघाँस वितरण र चरनक्षेत्रको समुचित विकास गरी पशु आहारको समस्या निराकरण गर्ने । 

(छ) जनस्वास्थ्यसँग सम्बन्धित पशु रोगहरुको नियन्त्रण गरि जनस्वास्थ्य संरक्षणमा टेवा पु¥याउने ।

(ज) ग्रामिण अर्थतन्त्रलाई टेवा पु¥याई क्षेत्रीय सन्तुलन तथा वातावरणमा टेवा पु¥याउने ।

(झ) व्यवसायिक फर्मलाई सुदृढ गरी ब्यवसायलाई बढावा दिने ।